logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भेरिएसनले धरहराको लागत १२ करोड थपियो

    भेरिएसनले धरहराको लागत १२ करोड थपियो

    1.3K
    Shares
    भेरिएसनले धरहराको लागत १२ करोड थपियो

    काठमाडौं । निर्माणाधीन धरहरा परिसरमा केही पूर्वाधारका संरचना थप गर्नुपरेपछि धरहराको लागत १२ करोड रूपैयाँ थपिने भएको छ। निर्माणाधीन धरहरा परिसरमा केही संरचनाको डिजाइन परिवर्तन गर्दा थप १२ करोड रूपैयाँको व्ययभार थपिएको हो।

    सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको लागत तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा भएको थियो। अहिले भने धरहराको डिजाइन परिवर्तन गरेर थप १२ करोड रूपैयाँको भेरिएसन गर्न लागिएको हो। अब धरहरा निर्माणको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने भएको छ।

    धरहराको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहरा परिसरका संरचनाको डिजाइन थप÷घट भएकाले आयोजनाको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने बताए।

    ‘पछिल्लो समय धरहरा परिसरमा कप बिल्डिङ, प्रशासनिक भवन, मेकानिकल इलेक्ट्रिकल, प्लम्बिङको काम थपिएकाले पनि केही लागत बढेको हो,’ उनले भने ‘टेलिकमले पनि युटिलिटिज पाइप नहटाएकाले पनि केही डिजाइन परिवर्तन गर्नुपरेको हो।’

    केन्द्रीय आयोजना कार्यान्वयन एकाई ९भवन तथा आवास० का आयोजना निर्देशक कोषनाथ अधिकारीले निर्माणाधीन धरहराको लागत केही वृद्धि हुने भए पनि रकम आफूलाई थाहा नभएको बताए। यो समाचार नागरिक दैनिकमा छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend