logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सूचना र तथ्याङ्क सुरक्षित हुनुपर्ने : मन्त्री शर्मा

    सूचना र तथ्याङ्क सुरक्षित हुनुपर्ने : मन्त्री शर्मा

    1K
    Shares
    सूचना र तथ्याङ्क सुरक्षित हुनुपर्ने : मन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्याङ्क र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिएकी छन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री शर्माले नेपालको डेटा र सूचना राष्ट्रियतासँग जोडिएको भन्दै यसलाई सुरक्षित र मजबुत बनाउनुपर्ने खाँचो औँल्याईन् । सञ्चारमन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड दिँदै तर त्यसलाई कसरी गर्ने भन्ने चिन्तन गर्न भने जरुरी भएको उल्लेख गरिन् ।

    सूचना प्रविधिले फड्को मारेको वर्तमान परिवेशमा देश र जनतालाई हुने लाभको लेखाजोखा गरेर यो प्रविधि सञ्चालन गरिनुपर्नेमा शर्माले बिशेष जोड दिइन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend