logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • आईसीसी विश्वकप लिग टु को युएईमा हुने खेलमा परेनन् सन्दीप लामिछाने

    आईसीसी विश्वकप लिग टु को युएईमा हुने खेलमा परेनन् सन्दीप लामिछाने

    1.3K
    Shares
    आईसीसी विश्वकप लिग टु को युएईमा हुने खेलमा परेनन् सन्दीप लामिछाने

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको समावेश नै नगरेको हो ।

    नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ ।

    नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।

    सन्दीप लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend