logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गुलरिया–मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सरकारसँग साँसद गौतमको माग

    गुलरिया–मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सरकारसँग साँसद गौतमको माग

    1K
    Shares
    गुलरिया–मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सरकारसँग साँसद गौतमको माग

    काठमाडौं । नेपाली काँग्रेसका साँसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सरकारसँग माग गरेका छन् । १४ वर्ष अघि नेपाल–भारतबीच सो नाका संचालन गर्ने सहमती भएपनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बौलदै उहाँले सो नाका संचालनका लागि भारत सरकारसँग पनि आग्रह गरे । सांसद गौतमले छोटी भन्सारहरुको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । छोटी भन्सारलाई अस्तव्यस्त बनाएर सरकार आफैंले चोरी पैठारीलाई प्रश्रय दिएको आशंका समेत उनले व्यक्त गरे ।

    सांसद गौतमले भने, ‘२७ अक्टोवर २००९ मा नेपाल–भारतबीच भएको बाणिज्य सन्धी अनुसार व्यापार र पारबहनका लागि गुलरिया–मूर्तिया नाका संचालन गर्ने सहमती भएको थियो । तर आज १४ वर्ष वितिसक्यो । म पनि यो संसदमा नौं वर्षदेखि छु । बारम्बार कुरा उठाउँछु । तर अहिलेसम्म त्यो नाका संचालन हुन सकेन सभामुख महोदय । त्यसकारण सभामुखमार्फत् मे नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउनु चाहन्छु–र, भारत सरकारलाई पनि विशेष आग्रह गर्न चाहन्छु–यो नाका संचालनमा तदारुकता देखाइयोस् । र, तत्काल यो नाका संचालनमा आओस् । सीमावर्ती जिल्लाहरुमा धेरै छोटी भन्सारहरु छन । त्यो व्यवस्थिति छैनन् । आज छोटी भन्सारहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अस्तव्यस्त अवस्थामा छन । यसप्रति पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद गौतमले अर्थतन्त्र कमजोर भईरहेका बेला भन्सार कार्यालयको व्यवस्थापन गर्न पनि सरकार गम्भिर नभएको भन्दै आपत्ति समेत जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend