logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • स्थापनाको १३ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन

    स्थापनाको १३ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन

    3.7K
    Shares
    स्थापनाको १३ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन

    कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको १३ वर्षपछि पहिलो पटक स्ववियु निर्वाचनका लागि मिति तय गरिएको छ। विश्वविद्यालयले चैत ८ मा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन गर्ने निर्णय गरेको छ।

    विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो। २०६६ मा विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो।  केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले जानकारी दिए ।

    विश्वविद्यालयको कार्यकारी परिषद्ले सोमबार स्ववियु निर्वाचनको निर्णय गरेको हो।  त्यसअघि विद्यार्थी संगठनहरूसँग पनि छलफल गरेको थियो। विद्यार्थी संगठनहरूले पनि स्ववियु निर्वाचनको माग गर्दै आएका थिए। पाठकले विद्यार्थी संगठनहरूसँग छलफलपछि निर्वाचनको मिति घोषणा गरिएको बताए।

    तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा परिणत गरेर पठनपाठन सुरु भएको थियो। त्यसपछि प्रदेशका अन्य क्याम्पसहरूलाई पनि आंगिकता प्रदान गरिएको थियो। यद्यपि आंगिक बनाउने विषयमा भने विवाद कायमै छ। प्राध्यापकदेखि कर्मचारी समायोजनमा विवाद छ।

    स्ववियु निर्वाचन घोषणा भएपछि विद्यार्थी संगठनहरूले स्वागत गरेका छन्। विश्वविद्यालयमा हाल १७ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend