logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्रीले मलाई दबाब आयो भन्नुभएको छ, सम्झौताअनुसार भोट हाल्नुहुन्छ : अध्यक्ष ओली

    प्रधानमन्त्रीले मलाई दबाब आयो भन्नुभएको छ, सम्झौताअनुसार भोट हाल्नुहुन्छ : अध्यक्ष ओली

    1K
    Shares
    प्रधानमन्त्रीले मलाई दबाब आयो भन्नुभएको छ, सम्झौताअनुसार भोट हाल्नुहुन्छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

    शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उन्ले यस्तो दाबी गरेका हुन् ।

    उनले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए ।

    उनले भने, ‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो प¥यो मलाई के के प¥यो दबाब प¥यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ । कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ ।’

    नेकपा एमालेले पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend