logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • तुलसीपुर उपमहानगरपालिकाको पेट्रोल पम्प सञ्चालनमा

    तुलसीपुर उपमहानगरपालिकाको पेट्रोल पम्प सञ्चालनमा

    1.7K
    Shares
    तुलसीपुर उपमहानगरपालिकाको पेट्रोल पम्प सञ्चालनमा

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो ।

    उक्त पेट्रोल पम्प यसअघि उपमहानगरपालिका आफैँले चलाउने तयारी गरेको थियो । तर, आफूले अनुमति ल्याएर तुलसीपुरका व्यवसायीलाई ठेक्कामा चलाउन दिएको छ । करिब दुई करोड लागतमा उक्त पेट्रोल पम्प सञ्चालनमा आएको हो । सञ्चालक रामप्रसाद चालिसेका अनुसार गाडीमा तेल भर्नका लागि पेट्रोल र डिजेलका ६ वटा डिजिटल पम्प, घामपानी ओत्नका लागि ट्रस्ट, आवास भवन, आठ शौचालय, तीन युरिन, पर्खालसमेत गरेर दुई करोड बढी खर्च लागेको छ ।

    शारदा कन्स्ट्रक्सनले उपमहानगरसँग २० वर्षलाई भाडामा लिएर पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । बसपार्कमा पेट्रोल पम्प नहुँदा बाहिर गएर इन्धन राख्नुपर्ने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend