logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

    राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

    1.3K
    Shares
    राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिएका हुन् ।

    नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सफल राजनीतिज्ञ भएको बताए ।

    अध्यक्ष ओलीले भने, “नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छाँै । हामीले दलीय स्वार्थ हैन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको जित र जनताको हितका लागि तथा संविधानको सफल कार्यान्वयन, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि उम्मेदवारी उठाएका हौँ ।”

    उनले आप्mनो उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने विश्वास व्यक्त गर्दै हरेक मतदाताले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । उनले भने, “हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेजको हैन । आप्mनो प्रतिबद्धता र वचनबद्धताबाट आफूले सार्वजनिक गरेका विषयबाट कोही पनि पछि हट्ने अवस्था हुन्न भन्ने हाम्रो विश्वास छ ।”

    यसैगरी उम्मेदवार नेम्वाङले आफूलाई पार्टीले राष्ट्रपति पदका लागि अघि सारेको बताउँदै भने, “म पार्टीको तर्फबाट मात्र नभई सबैको तर्फबाट पार्टीका रुपमा अगाडि आएको छु । जनताको हित र राष्ट्रको हितका लागि काम गर्नेछु ।”

    उनले प्रतिस्पर्धाका आधारमा आउने परिणामलाई स्वीकार गर्ने उल्लेख गर्दै आफूहरूले स्थापित गरेको प्रणालीअनुसार नै प्रतिस्पर्धा हुन लागेको र प्रतिस्पर्धामा आउने अन्य उम्मेदवारलाई स्वागत छ भने । निर्वाचनमा प्रतिस्पर्धाका लागि स्वस्थ्य आधार र वातावरण तयार गर्ने उनले प्रतिबद्धता जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend