logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काँग्रेस नेता निधि भन्छन्- ‘अब कोर्स करेक्सन गरेर अघि बढेको छ’

    काँग्रेस नेता निधि भन्छन्- ‘अब कोर्स करेक्सन गरेर अघि बढेको छ’

    1.2K
    Shares
    काँग्रेस नेता निधि भन्छन्- ‘अब कोर्स करेक्सन गरेर अघि बढेको छ’

    काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन् । शनिवार काठमाडौँमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताए । उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताए ।
    उनले भने, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । तर अहिले पुनः नेपाली काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौँ ।
    यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ । आज बिहान काँग्रेसले निर्णय गरेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । साथै उम्मेदवारी दर्ता पनि भइसकेको छ । अब यो गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म अघि बढ्नेछ ।’
    नेता निधिले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म जारी रहने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend