काठमाडौं । अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले पलका वकिलहरुले बहस गरिरहेका छन् ।
सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना रहेको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।