धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लिने तयारी गरेका छन् ।
उहाँले फागुन २० गते भित्रै विश्वासको मत लिने गरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, ‘त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वा गर्ने तयारी पनि गरिएको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि भएको नेकपा एकिकृत समाजबादी पार्टीका कैलाली संयोजक दिर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठयारो नभएको बताए । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अव कुनै सकस हुनेछैन,अब हामी करिव दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौं, र अब यो सरकार दिगो पनि हुने छ ।’
मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन लगतै काठमाण्डौं गएका शाहले त्यतिवेला नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहति नेता कार्यकर्तासँग भेटका भएपनि विश्वासको मत पाउने शुनिश्चितता थिएन । तर, गठबन्धन फेरिएसँगै उनी विश्वासको मत लिन तयारीमा जुटेका हु्न ।