काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बस्नेछ । बैठकमा ले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल हुने बुझिएको छ ।
आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने बारेमा पनि निर्णय गर्ने बताइएको छ । पार्टी सभापति रवि लामिछानेको पद नागरिकता प्रकरणमा गएपछि रास्वपाका मन्त्रीहरूले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको छ । तर, राष्ट्रपति चुनावलाई लिएर पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको छैन ।