logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ‘सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति दिने गरी कानुन परिर्माजनमा जोड दिन्छौँ’ : सञ्चारमन्त्री शर्मा

    ‘सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति दिने गरी कानुन परिर्माजनमा जोड दिन्छौँ’ : सञ्चारमन्त्री शर्मा

    1.5K
    Shares
    ‘सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति दिने गरी कानुन परिर्माजनमा जोड दिन्छौँ’ : सञ्चारमन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छिन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उनले यस्तो धारणा राखेकी हुन् ।

    ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सोअनुकूल पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रीत भएको बताइन् । नेपाली समाज धेरै अगाडि बढेतापनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन रहेकाले यसको परिवर्तन गर्न सरकार लागेको उनले बताइन् ।

    नेपालको परिवर्तन र जागरणमा रेडियोहरूको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उनले अब संख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गरिन् । अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराध भइरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमहरूले कानुनी साक्षरतामा सहयोग पुग्ने सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताइन् ।

    अकोराबका अध्यक्ष अर्जुन गिरीले संघीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र मन्त्री शर्मालाई बुझाएका थिए । सो क्रममा उनले सामुदायिक सूचना नेटवर्कको पनि निरीक्षण गरेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend