logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अंशवण्डासहित शिल्पा पोखरेल र छवि ओझाबीच सम्बन्धविच्छेद

    अंशवण्डासहित शिल्पा पोखरेल र छवि ओझाबीच सम्बन्धविच्छेद

    1.3K
    Shares
    अंशवण्डासहित शिल्पा पोखरेल र छवि ओझाबीच सम्बन्धविच्छेद

    काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले पछि छविराज ओझा विरुद्धको मुद्दा जितेकी छन् । काठमाडौं जिल्ला अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिने फैसला सुनाएको हो ।अभिनेत्री पोखरेल र फिल्म निर्माता ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दामा सुनुवाइ गर्दै अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो ।

    न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो । तर अदालतले छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा
    अदालतले खारेज गरेको छ । अदालतले आफ्नो वेबसाइटमा शिल्पाको उजुरीमा दाबी पुग्ने फैसला सुनाएको हो ।

    आदेशानुसार अब छविको आधा सम्पत्ति भागबण्डासहित सम्बन्धविच्छेद हुनेछ भने अंशबण्डा नहुन्जेलसम्म छविले शिल्पालाई मासिक रुपमा मानाचामल भर्नुपर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend