काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।
आज (बुधबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।