logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मलेसियामा फेरि भीषण बाढी

    मलेसियामा फेरि भीषण बाढी

    1.3K
    Shares
    मलेसियामा फेरि भीषण बाढी

    एजेन्सी । मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् ।

    बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । छब्बीस हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर सबैभन्दा बढी प्रभावित भएका छन् । बुधवारको अविरल वर्षाले समस्या थपिएको छ । देशका पाँच राज्य बाढीको चपेटामा परेका छन् । सरकारी अधिकारीहरूका अनुसार विद्यालय र सामुदायिक भवनमा पीडितहरूलाई सारेर राहतका कार्यक्रम सञ्चालन गरिएको छ ।

    गत नोभेम्बरमा बाढीबाट पीडित भएको मलेसियामा पुनः बाढीले जनजीवन तहसनहस पारेको छ । मौसम विज्ञान विभागले आगामी एप्रिलसम्म वर्षा हुने जनाउँदै सबैलाई सचेत र सतर्क रहन आह्वान गरेको छ । जोहोर राज्यका सडक जलमग्न भएका छन् । केहीमा क्षति पनि भएको छ ।

    सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा सवारीसाधन, घर र पसल डुबेका देखिन्छन् । राष्ट्रिय बाढी प्रकोप नियन्त्रण निकायले पोष्ट गरेका तस्बिरमा बच्चालाई बाल्टिनमा बोकेर सुरक्षित स्थानमा लगिएको देखिन्छ ।

    देशका २५ नदीमा पानीको सतह खतराको तहमा पुगेको उक्त निकायले जनाएको छ । भारी वर्षाका कारण हालसम्म एक सय दुई स्थानमा पटक पहिरो गएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend