logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक छ : अध्यक्ष नेपाल

    राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक छ : अध्यक्ष नेपाल

    1.2K
    Shares
    राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हीतको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित ८ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यक्ता रहेको बताए । उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रका सामु अनेकन चुनौतिहरु आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक भएको बताए ।

    उनले भने, ‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यक्ता छ । राष्ट्रिय हीतको प्रवद्र्धन गर्नेकुरा, देशभक्तिको रक्षा गर्नेकुरा, राष्ट्रिय स्वाभिमानको रक्षा गर्नेकुरा, राष्ट्रिय हीतको प्रवद्र्धन गर्नेकुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ । संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ । राष्ट्रका सामु अनेकन चुनौतिहरु आइरहेका छन् यसमा ध्यान जानुपर्छ, सबै राष्ट्र शक्तिहरुलाई एकतावद्ध भएर जानुपर्छ । यो कुरा राख्दै उहाँको प्रश्तावक म आफैँ भएकाले उहाँको विजयको शुभकामना दिन चाहन्छु ।’

    अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरुलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend