logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रपतिको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेर भ्रम फैलाइयो : गगन थापा

    राष्ट्रपतिको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेर भ्रम फैलाइयो : गगन थापा

    1.4K
    Shares
    राष्ट्रपतिको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेर भ्रम फैलाइयो : गगन थापा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेर भ्रम फैलाइएको बताएका छन् ।

    शुक्रवार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरुलाई केन्द्रित गरेर काठमाडौँमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी समेत दिएका छन् ।

    उनले आफूहरुका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडी बढ्ने बताए । उनले राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।

    महामन्त्री थापाले आफूहरुका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारीता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताए । उनले नेपाली काँग्रेसका कोही पनि नेताहरुलाई भेटेर गठबन्धन भत्काउने चकचक नगर्न चेतावनी दिए ।

    महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै यो गठबन्धन नबनेको स्पष्ट पारे । दाहाललाई नेकपा(एमाले)ले पाँचै वर्ष प्रधानमन्त्री दिएको भएपनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उनको भनाई छ ।

    त्यस्तै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि एमालेले राष्ट्रपतिको उम्मेदवार अथवा एमालेको अध्यक्ष नै बनाउन पनि तयार हुने स्थिति रहेको बताए । उनले गठबन्धनलाई बचाएर लानुपर्नेमा जोड दिए ।

    त्यस्तै कार्यक्रममा बोल्दै नेकपा(माओवादी केन्द्र) वागमती प्रदेश सभा संसदीय दलका नेता समेत रहेका वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माओवादी केन्द्रका सबै वागमती प्रदेश सभा सदस्यहरुको मत राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई जाने प्रतिवद्धता व्यक्त गरे । उनले आठ दलले गरेको निर्णय माओवादी केन्द्र प्रदेश सभाले अक्षरश पालना गर्ने बताए ।

    उनले भने ‘दलको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुपर्दा हामी २१ जना छौँ । हामी २१ जनामा हाम्रो कहीँ पनि तलमाथि हुँदैन । हामी निश्चिन्त छौँ । उहाँले जित्ने कुरामा पनि ढुक्क छौँ । हाम्रो दल आठ दलले गरेको जुन निर्णय छ, त्यो निर्णयलाई अक्षरश पालना गर्छौं ।’ उनले निर्वाचनको बेलामा अनेक खालका भ्रमहरु छरिनेभएकाले त्यसप्रति सचेत हुन सबै सांसदहरुलाई आग्रह समेत गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend