काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उनी बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता समेत हुन् ।
कांग्रेसका तर्फबाट सिफारिस भएका रामचन्द्र पौडेल आज राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्। आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।