काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन २६ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ २९ पैसा र बिक्री दर १३८ रुपैयाँ ९२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ५० पैसा र बिक्री दर १५६ रुपैयाँ २१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।