काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।
उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।