logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ‘प्रधानमन्त्री हुने बाटोतिर गइरहेको छु कि भन्ने आभास भइरहेको छ’

    ‘प्रधानमन्त्री हुने बाटोतिर गइरहेको छु कि भन्ने आभास भइरहेको छ’

    1.4K
    Shares
    ‘प्रधानमन्त्री हुने बाटोतिर गइरहेको छु कि भन्ने आभास भइरहेको छ’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन्।

    अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए।

    ‘प्रधानमन्त्री सहभागी नभएपछि आज अन्तिम वक्ता भएँ, हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि पनि मैले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएँ। अब म यथार्थमा प्रधानमन्त्री हुन लागेको होकी भन्ने लागेको छ, सब्सिच्यूट भइराख्या छु। त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु’, महामन्त्री थापाले भने।

    उनले राजनीतिज्ञहरुलाई अर्थशाष्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अनुरोध गरेका छन्। महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशाष्त्रीहरुले गाली गर्ने गरेको गुनासो गरे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend