एजेन्सी । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ ।
सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको आर्सनलमाथि दवाव बढाएको हो ।
सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली सिटीले खेलको सुरु देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो ।
७८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १–० को जित दिलाए ।