logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति

    लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति

    1.6K
    Shares
    लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।

    शनिबार साझ तीन दलबीच विभिन्न ‘एजेन्डा’मा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलेलाई जानकारी दिइन् ।

    उनका अनुसार मधेश र थारुहट आन्दोलनका मुद्दाको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, राजबन्दीको रिहाइ, विगतका सहमति कार्यान्वयलगायतका एजेन्डासहित सहकार्य गर्ने सहमति भएको हो । कार्यगत एकताका लागि तीन पार्टीबीच सहमति पत्रसमेत तयार भएको बताइएको छ ।

    उक्त सहमति पत्रमा जनमत पार्टीकातर्फबाट अध्यक्ष डा सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

    तीन पार्टीबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय भएको छ । उपराष्ट्रपतिमा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend