logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

    सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

    1.4K
    Shares
    सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को माघ  मसान्तसम्ममा  सरकारको  चालु खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७९/८० को माघसम्ममा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

    यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । माघ मसान्तसम्ममा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।

    त्यसैगरी, चालु आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १६ अर्ब २९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend