काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलको बैठक सुरू भएको छ। बैठकमा उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल जारी छ। राष्ट्रपतिका लागि ३ जना उम्मेदवार छन् । चैत ३ मा उपराष्ट्रपतिकाे निर्वाचन हुँदै छ । यसैगरी बैठकमा मन्त्रिपरिषद विस्तार र प्रधानमन्त्रीले लिने विश्वासको मतबारे पनि छलफल हुने बुझिएको छ ।
सत्तारुढ दलले जनता समाजवादी पार्टी (जसपा)लाई उपराष्ट्रपति दिने निर्णय गरेको छ । जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । यता, जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ । नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टी अध्यक्ष प्रभु शाहलगायतका शीर्ष नेताहरुको सहभागीता रहेको छ ।