logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू

    कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू

    1.9K
    Shares
    कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू

    आइफोन १४ प्रो, सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा र १०० ग्राम सुनको सिक्का जित्ने मौका

    काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेन्ड मनी अनलाइन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।

    विन बिग क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल www.unimoni.qa मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले IPHONE 14 PRO, ५ जना विजेताले SAMSUNG GALAXY S22 Ultra साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन्  । सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुनेछ ।

    उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा यथावत नै रहनेछ । अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ ।

    के हो युनिमनी ?

    युनिमनी एक्सचेन्ज LLC (युनिमोनी) वित्तीय समाधान र सेवाहरूको एक विविध विश्वव्यापी प्रदायक हो । युनिमनीले आफ्ना १० शाखाहरू, अनलाइन र मोबाइल समाधानहरू सहित बहुग्राहक टचपोइन्टहरू मार्फत भौगोलिक, मुद्राहरूमा पैसाको निर्बाध आवागमनको सुविधा दिन्छ।

    युनिमनी अर्थव्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा वर्ष २००७ मा कतार केन्द्रीय बैंकद्वारा इजाजतपत्र प्राप्त एक दर्ता सीमित दायित्व कम्पनी हो । युनिमनीले खुद्रा र कर्पोरेट ग्राहकहरुको लागि इन–स्टोर र डिजिटल मुद्रा स्थानान्तरण र विदेशी मुद्रा विनिमय समाधानको एक व्यापक स्पेक्ट्रम प्रदान गर्दछ ।

    युनिमनीको मुख्य फोकस वान–स्टप समाधान प्रदायकको रूपमा एउटै छानामुनि ग्राहकहरूको वित्तीय आवश्यकताहरूलाई सम्बोधन गरेर सशक्त बनाउनमा निहित छ ।

    युनिमनी कतारले आफ्नो ग्राहकहरूका लागि अनलाइन स्थानान्तरण अनुभवलाई बढावा दिन र तीब्र पार्ने उद्देश्यले सस्तो र भरपर्दो अनलाइन मनी ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend