logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • नेपालसामु यूएईले दियो ३११ रनको विशाल लक्ष्य

    नेपालसामु यूएईले दियो ३११ रनको विशाल लक्ष्य

    1.5K
    Shares
    नेपालसामु यूएईले दियो ३११ रनको विशाल लक्ष्य

    काठमाडौं ।  आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपालसामु   ३११ रनको विशाल लक्ष्य जितका लागि प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ३११ रनको रनको लक्ष्य दिदैँ सफलताको चुनौती दिएको हो ।

    आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । यूएईका लागि आसिफ खानले शतकिय पारी खेले । आसिफले ४२ बल खेल्दै ४ चौका र ११ छक्काको सहयोगमा १०१ रन बनाए ।

    कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतकीय पारी खेले । त्यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाए । अबिन्द्रले १३८ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ९४ रन बनाए । यूएईका रोहन मुस्तफाले २० रन बनाए ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंसीले एक- एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।

    यता यूएई पनि आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । लिग–२ मा नेपाल ३५ खेलबाट १८ जितसँगै ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । यूएई ३५ खेलबाट ३३ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

    केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend