logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कपिलवस्तुमा विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्ति बन्ने

    कपिलवस्तुमा विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्ति बन्ने

    2.4K
    Shares
    कपिलवस्तुमा विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्ति बन्ने

    काठमाडौं । कपिलवस्तुमा विश्वमै सबैभन्दा ठूलोज्ञ गौतम बुद्धको मूर्ति बन्ने भएको छ ।

    संसारकै सबभन्दा ठूलो अर्थात् २४५ मिटर अग्लो कपिलवस्तु नगरपालिकाभित्र बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गरेका हुन् ।

    जसमा कपिलवस्तु नगरपालिकाले बुद्धको प्रतिमा बनाउने ठाउँ, प्रतिमाको साइज पहिचान गरी कार्यपालिकाले पारित गर्नेछ र नेपालको प्रचलित कानुन अनुसार सम्बन्धित सरकारबाट सम्बन्धन लिइनेछ । त्यस्तै ठाउँ निश्चित भएपछि इन्टरनेशनल बुद्विष्ट सेन्टरले आर्थिक प्रस्तावना तयार पार्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिए।

    समझदारीपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गरेका छन् ।

    प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माण हुने भएपछि आफूलाई खुसी लागेको  कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताए । विश्वको सबैभन्दा ठूलो मूर्ति नगरमा बन्नु गर्वको विषय भएको उनले बताए ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कपिलवस्तुको विकासमा मूर्ति निर्माणले नयाँ आयाम थपिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend