logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एमालेले ढोक्सा हैन जनतामा गएर ढ्वाङ थाप्छ: गोकुल बास्कोटा

    एमालेले ढोक्सा हैन जनतामा गएर ढ्वाङ थाप्छ: गोकुल बास्कोटा

    1.9K
    Shares
    एमालेले ढोक्सा हैन जनतामा गएर ढ्वाङ थाप्छ: गोकुल बास्कोटा

    काठमाडौँ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले एमालेले काँग्रेसझैँ सत्ताका लागि ढोक्सा  नथाप्ने बताउदै जनतामा गएर ढ्वाङ थाप्ने बताएका छन् । आज नयाँ बानेश्वरस्थित संसद्भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले एमाले  जनताको पार्टी भएको बताउँदै एमाले अब जनतामा  ढ्वाङ थाप्न जाने बताएका हुन् ।

    ‘एमाले ढोक्सा थाप्दैन, जनतामा गएर ढ्वाङ थाप्छ’  राजनीतिक खेलमा पछिल्लो समय धेरै बेइमानी र जालझेल भईरहेको बताउँदै नेता बास्कोटाले माओवादी नेतृत्वमा सरकार बनेदेखि किसानले मल नपाएको, महङगीले जनताको ढाड सेकेको र आर्थिक स्थीति भयावह बन्दै गएको टिप्पणी गरे ।

    जनतालाई संक्रमणकालीन न्यायका नाममा अल्झ्याउन नहुने बताउँदै उनले जनताले न्याय पाउनुपर्ने पक्षमा नेकपा एमाले रहेको उनको भनाई छ । सत्ताको बलमा मानवअधिकार र न्यायीक अधिकारलाई कण्ठित पार्न खोज्नु जङ्गली राजको संकेत भएको बताए ।

    नेकपा माओवादी केन्द्रले अझै पनि जङगली शैलीमा शासन गरिरहेको टिप्पणी गर्दै बास्कोटाले अब जङ्गली शैलीको शासन चल्न नहुने तर्क गरे । अदालतले दिएको निर्देशन पालना गर्नुपर्नेमा जोड दिदै उनले एमालेलाई न्यायालयले गरेको निर्णयमा दोषारोपित गर्न खोज्नु मूर्खता भएको उनको भनाई छ ।

    उनले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रीकेट टीमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले राजनीतिमा खेल नभई झेल भईरहेको ब्याङ्ग्य समेत गरेका छन् । उपराष्ट्रपति निर्वाचनमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य योग्य र उपयुक्त उम्मेदवार भएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend