logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • उपराष्ट्रपतिमा निर्वाचित यादवलाई निर्वाचन आयोगद्वारा विजयी प्रमाणपत्र

    उपराष्ट्रपतिमा निर्वाचित यादवलाई निर्वाचन आयोगद्वारा विजयी प्रमाणपत्र

    1.5K
    Shares
    उपराष्ट्रपतिमा निर्वाचित यादवलाई निर्वाचन आयोगद्वारा विजयी प्रमाणपत्र

    काठमाडौं । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई निर्वाचन आायेगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ । शुक्रवार भएको उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झालाई पराजित गरी विजयी हुनुभएका यादवलाई आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको हो ।

    उनलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गरे । प्रमाणपत्र प्रदान एवं नतिजा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरु र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरुको उपस्थिति रहेको थियो ।

    निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गरे । एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार रह्यो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २ हजार ५३७ मतभार प्राप्त गरिन् । यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाएकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend