logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार छु : सभामुख घिमिरे

    व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार छु : सभामुख घिमिरे

    1.5K
    Shares
    व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार छु : सभामुख घिमिरे

     

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन् । उनले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

    शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले मुलुक भित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको बताए ।

    व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भएपनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढि योगदान पर्याउन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे ।

    सभामुख घिमिरेले भने, ‘मुलुकको आर्थिक क्षेत्रमा असजिलो परिरहेको परिस्थितिप्रति हामी जानकार छौं । हामीले आज त्यही कुराको पीडा पोखिरहेका छौं । आर्थिक क्षेत्रका योगदान दिईरहनु भएको तपाई उद्योगी, व्यवसायीहरुको अप्ठयारो र असजिलो अवस्थाले व्यापार र रोजागार प्रणालीलाई कसरी अगाडि लैजाने भन्ने कुराहरुमा म तपाईहरुको यी अप्ठ्याराहरुप्रति ऐक्यवद्धता व्यक्त गर्न चाहन्छु । यस बीचमा पनि उद्यमी र व्यापारीलाई अगाडि लैजानका लागि निजी क्षेत्रलाई कसरी अगाडि लैजानुपर्छ भन्ने यहाँहरुले सरकारमार्फत गरेका कोसिसहरुलाई अझै व्यवहारिक रुपबाट राज्यले खेल्नुपर्ने भूमिका के हो ? त्यसका लागि यो जिम्मेवारी पूरा गर्नका लागि तपाईहरुले चिन्ता व्यक्त गर्नु भएको कुराप्रति म धन्यवाद भन्न चाहन्छु । उद्योग व्यवसायको प्रवद्र्धनका लागि नेपालका जनप्रतिनिधिहरुको संस्था संसद हो । त्यो संसदले यहाँ आएर ऐक्यवद्धता जनाउनु पर्दछ ।

    तपाईहरुको समस्यालाई सुन्नु पर्छ भनेर म यहाँ आएको पनि तपाईहरुलाई भन्न चाहन्छु । मुलुक भित्र नै उत्पादनमा वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, राष्ट्रिय आयमा वृद्धि गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्नका लागि तपाई उद्योगी, व्यवसायीहरुको योगदान महत्वपूर्ण छ । त्यसका लागि कानूनको अभाव रहेको भए वा व्यवसाय मैत्री कानूनहरु बनाउनु पर्दा तपाईहरुको सुझाव लिन निर्धक्क म सभामुखलाई भन्न सक्नु हुनेछ । त्यसका लागि म जहिले पनि तयार रहनेछु । सँगसँगै संस्थाहरुले कानून बनाउने निकाय खासगरीकन राजनीतिक पार्टीहरु र उहाँहरुमार्फत् चल्ने सांसदज्यूहरुलाई आफ्ना समस्याहरु समयमै राखेर समय भित्रै कानून बनाउने कुराहरुमा यहाँहरुको भूमिका रहनेछ । सभामुखको नाताले त्यसलाई सहजीकरण गर्न म सधैं तयारी रहेको कुरा पनि यहाँ राख्न चाहन्छु । व्यवसाय गर्न अनकूल वातावरण आवश्यक पर्छ । व्यापार गरी नाफा कमाउनु व्यवसायीको धर्म हो । तर, नाफासँगै संस्थाका सामाजिक उत्तरदायित्व बहन गर्न, सामाजिक वातावरण र दीगो विकासका लागि भूमिका तपाईहरुले खेलिरहनु भएको छ । त्यो भूमिकालाई अझ अगाडि लैजानुपर्ने कुरालाई फेरी म स्मरण गराउन चाहन्छु । अन्तमा नेपालको अर्थतन्त्रको ब्याजदरका कारणले समस्या परेका बारे हामी सबै जानकारी नै छौं । ब्याजदरले पूँजीको लागत बढाउने र समग्र अर्थतन्त्र नै खलबलिने भएकाले यो अर्थतन्त्रलाई गतिशील बताउनका लागि हामी सबैको प्रयत्नले हामीलाई ठिक बाटोमा ल्याउने छ । त्यो कुरामा सबैको ध्यान जाओस् ।’

    सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend