logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • ‘माओवादी डराएका छैनन्, माओवादी आन्दोलनमाथि आक्रमण गर्ने प्रयास विफल तुल्याउँछौँ’: नेता बास्तोला

    ‘माओवादी डराएका छैनन्, माओवादी आन्दोलनमाथि आक्रमण गर्ने प्रयास विफल तुल्याउँछौँ’: नेता बास्तोला

    1.1K
    Shares
    ‘माओवादी डराएका छैनन्, माओवादी आन्दोलनमाथि आक्रमण गर्ने प्रयास विफल तुल्याउँछौँ’: नेता बास्तोला

    काठमाडौं । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले मानव अधिकारको नाममा माओवादी आन्दोलनमाथि आक्रमण गर्ने काम भइरहेको आरोप लगाएका छन् ।

    सोही कार्यक्रममा बोल्दै उनले क्रान्तिलाई बदनाम गर्ने र अपराधिकरण गर्ने चेष्टा नगर्न चेतावनी समेत दिए । उनले भने– ‘जुन प्रकारको आक्रमण माओवादीमाथि भएको छ, परिवर्तनको शक्तिमाथि भएको छ, त्यो अत्यन्तै बद्नियत छ । त्यसले देशमा एउटा अस्थिरता पैदा गर्न चाहान्छ । जुन गतिविधि भएको छ, त्यो के को नाममा भएको छ भने मानव अधिकारको नाममा भएको छ । मानव अधिकारको नाममा माओवादी आन्दोलन र क्रान्तिलाई बद्नाम गर्ने, अपराधिकरण गर्ने चेष्टा गरिरहेका छन् । माओवादी शक्तिमाथि भएको आक्रमणले देशमा एउटा अस्थिरता पैदा हुनेछ ।’

    नेता बास्तोलाले देशमा भएको संसदीय व्यवस्थामा जनताको हत्या र पीडित बनाउने क्रम बढेको भन्दै संसदवादी व्यवस्था र दलाल पुजीँवादी व्यवस्थाको अन्त्य गर्नुपर्ने बताए । नेपालमा नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी सत्ता स्थानपना गर्नको लागि आफूहरु संघर्षरत रहेको उनको भनाई छ ।

    लामो संघर्ष र बलिदानमार्फत आमूल परिवर्तन ल्याउने माओवादीधारलाई अपराधीकरण गर्ने र झुटा मुद्दाहरु थुपार्न खाेजिनु गलत र अन्याय भयो भनेर भन्दाखेरी माओवादी डरार्‍याे भनेर बजारमा हल्ला पिटिएको भन्दै उनले माओवादी डराउनुपर्ने कुनै पनि कारण नरहेको भन्दै  प्रतिवाद गरेका छन् ।

    नेता बास्तोलाले शान्ति सम्झौता र जारी  संविधानकाे मर्म र भावना अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत संक्रमणकालीन मुद्दाहरु निरुपण गरिनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend