काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्ले शनिवार लिएको पीसीएल नर्सिङ र बीएस्सी नर्सिङको नाम दर्ता परीक्षाको आइतबार सार्वजनिक गरेको हो ।
परिषद्का अनुसार पिसिएल तर्फ ८३४ जना सहभागी भएका थिए । जसमा २६ दशमलव १ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै, बिएस्सी नर्सिङ तर्फ ३७७ जना सहभागी भएका थिए । जसमध्ये ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन् ।