logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, आजदेखि सत्तापक्षको बेञ्चमा बस्ने

    सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, आजदेखि सत्तापक्षको बेञ्चमा बस्ने

    1.6K
    Shares
    सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, आजदेखि सत्तापक्षको बेञ्चमा बस्ने

    काठमाडौं । कांग्रेसको केन्द्रीय कार्य सम्पादनको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

    बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिँदैछन् ।

    बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय समेत गरेको छ । आजको संसद बैठकमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय पनि बैठकले गरेको छ । दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    समितिको आज बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरु डा.शशांक कोईराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्का लगायतका नेताहरुको उपस्थिति रहेको थियाे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend