logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • नेपाल-भारत मिलत परिषद् केन्द्रद्वारा २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान

    नेपाल-भारत मिलत परिषद् केन्द्रद्वारा २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान

    1K
    Shares
    नेपाल-भारत मिलत परिषद् केन्द्रद्वारा २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान

    काठमाडौं । नेपाल–भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिषद्ले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

    आउँदो बिहीवारबाट शुरु हुने एक महिने रमजान पर्वको अवसरमा मुस्लिम समुदायहरु व्रत बस्नुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका मुस्लिम परिवारलाई व्रत सहजताका साथ सम्पन्न गर्नका लागि रमजान, इफ्तार प्याकेज वितरण गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । उनले आज परिषद्को तर्फबाट काठमाडौंमा बसोवास गर्ने आर्थिक अवस्था कमजोर भएका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान गरिएको बताए । अध्यक्ष अन्सारीले रमजान व्रतको अवसरमा मुस्लिम परिवारलाई लक्षित गरी खाद्यान्न प्रदान गरेपनि अन्य बेलामा भने परिषद्ले सबै समुदायलाई समेटेर खाद्य सामग्रीहरु वितरण गर्दै आएको बताए । उनले व्रतको अवसरमा बारा, पर्सा लगायत जिल्लाका मुस्लिम परिवारलाई पनि सहयोग गर्ने बताए ।

    उनले भने,‘हामी आशावादी छौँं । आज १०० भन्दा बढी परिवारको लागि रमजान पर्वको अवसरमा दुतावासको तर्फबाट आर्थिक रुपमा यो संस्थालाई सहयोग दिएको । यो संस्थाले त्यसलाई शुभ रमजान महिनाको अवसरमा आवश्यक परेका परिवारलाई राहत सामग्री दिन्छौँ । हामी विश्वस्त छाैँ, यो संस्थाको सिफारिसमा यस्ता काम हुँदै जानेछन् । रमजान, इफ्तार प्याकेज हामीले आर्थिक अवस्था कमजोर भएकाहरुलाई व्रतको समयमा इफ्तारका लागि हामीले आवश्यक खाद्यान्न वितरण गरेका हौँ । आज काठमाडौंका लगभग २ सय परिवारको उपस्थित छ । आगामी दिनमा हामी बारा, पर्सा लगायतका जिल्लामा पनि रमजान प्याकेज वितरण गर्नेछौँ ।’

    अध्यक्ष अन्सारीले भूकम्प, कोभिड १९ लगायतका विपद्का बेलामा पनि संस्थाले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग गर्दै आएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend