काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रिकेट खेलाडीको न्यायका लागि सबैलाई एक ठाउँमा उभिन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले गुणस्तरी रंगशालासम्म नपाएका खेलाडीले देशलाई विश्वकप छनोटसम्म पुर्याएको खुशी व्यक्त गर्दै खेलाडीहरूप्रति अब न्यायका लागि उभिन आवश्यक रहेको बताए ।
उनले भने, ‘एउटा गुणस्तरीय रंगशालासम्म नपाएका क्रिकेट खेलाडीले देशलाई विश्वकप छनोटसम्म पुर्याए, ती माथि न्याय गर्न पनि हामी सबै एक ठाउँमा उभिनु छ ।’
संसदको आजको बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवद्र्धन र राष्ट्रिय हितको अभिवृद्धिका लागि सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे ।