logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न हुँदैन : अध्यक्ष तिमिल्सिना

    संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न हुँदैन : अध्यक्ष तिमिल्सिना

    1.3K
    Shares
    संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न हुँदैन : अध्यक्ष तिमिल्सिना

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुका कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए ।

    मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरुले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरुलाई आग्रह गरे ।

    उनले भने, ‘आयोगहरुलाई चाहिने न्यूनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याई गर्न हुँदैन । त्यो उपलब्ध गराउनु पर्छ । र, आयोगहरुले पनि आफ्नो सृजनात्मक, रचनात्मक क्षमताका साथ दिएको जिम्मेवारीहरु, परिभाषित कामहरुलाई कुशलतापूर्वक पूरा गर्न जति तपाईहरु रचनात्मक हिसावले लाग्नु हुुन्छ । त्यसको औचित्य त्यतिनै पुष्टि हुन्छ । सबै आयोगहरुका लागि त्यही नै हो । र, खासगरी मुस्लिम आयोगको कुरा गरिरहँदा मुस्लिम समुदाय जो हाम्रो देशमा जहाँजहाँ रहनु भएको छ । ती बस्तीहरुमा म के आग्रह गर्छु भने कि आयोग आयोगका लागि होइन् । आयोग जागिर खाने थलो बनाउनका लागि कुन बेला कुन हुन्छ ? र, म त्यहाँ पावरमा जान्छु भन्नका लागि होइन । जसरी मुस्लिम आयोगका बारेमा अन्तरिम संविधानमा पनि कुनै कुरा लेखिएन ।

    त्यसपछि यसलाई आयोगको रुपमा राख्नुपर्छ भनेर आन्दोलन भयो । त्यो आन्दोलन गर्ने अगुवाहरु मध्येकै माननीय समिम मियाँ अन्सारी त्यो अगुवाई गर्ने मध्येको प्रमुख एक जना हुनुहुन्छ । अरु पनि लाग्नु भएको छ । तर उहाँ पनि लाग्नु भयो । सायद त्यही कुरालाई कदर गर्दै त्यसैको मक्सद पुरा होस भनेर उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हुनु पर्छ । यस्तो दिन हामीले ल्याउन सकौं–कि हाम्रो मुस्लिम समुदाय, मधेशी समूदाय, थारु समुदाय, जनजाति वा कुनै पनि समुदाय अव कुनै आरक्षण, कुनै संरक्षणको अव जरुरी छैन नेपालमा । हामी एकसेएक सबै ठाउँमा प्रतिस्पर्धा गर्न सक्षम भयौ । अव यी आयोग जरुरी छैन भन्ने घोषणा गर्ने बनाउने हो । यो अनन्त कालसम्म आयोग रहनुपर्छ भन्ने मानसिकता भयो भने त्यहाँ विभेद छ भन्ने बुझनु पर्छ । र, त्यो सक्षम भएको रहेनछ भनेर बुझ्नु पर्दछ ।’

    अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरु अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए । उनले आयोगका लागि आवश्यक स्रोत, साधानको व्यवस्था गर्ने काममा कन्जुस्याई नगर्न सरकारको समेत ध्यानाकर्षण गराए । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वद्र्धन गर्न आयोग प्रतिवद्ध रहेको बताए । उनले सबै संवैधानिक आयोगहरुसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाईरहेको दावी समेत गरे ।

    अध्यक्ष मगरले भने, ‘अब जहाँसम्म मानव अधिकार आयोग छ । राष्ट्रिय मानव अधिकार आयोग नागरिकहरुको हक, अधिकार संरक्षण र सम्वद्र्धन गर्ने कुरामा सदैव सजग छ । लागि रहेको अवस्था पनि छ । अव हाम्रो काम के छ भनेदेखि सबै आयोगहरुसँग विषयगत आयोगहरुको आ–आफ्नो क्षेत्र हुन्छ । आ–आफ्नो विषयगत क्षेत्रको काम हुन्छ भने हामीहरुले समग्र क्षेत्रमा मानव अधिकार संरक्षण सम्वद्र्धनको हरेक क्षेत्रमा लागि रहनु पर्ने हुन्छ । हामी लागि रहेका पनि छौं । र, यसै सन्दर्भमा चाँही सम्पूर्ण आयोगहरु दलित आयोग, जनजाति आयोग, मुस्लिम आयोग भयो । थारु आयोग भयो । सबै आयोगहरुसँग मिलेर हामी काम गरिरहेका छौं । र, उहाँहरुलाई के कस्तो समस्या पर्छ ? के कुराको सहयोग चाहिन्छ ? हामी सहयोग गरेर समन्वय गरेर लागि रहेका छौं ।’

    अध्यक्ष मगरले मानव अधिकारको संरक्षणका लागि सबै संवैधानिक आयोगसँग मिलेर काम भईरहेको पनि स्मरण गराए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend