logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी

    प्रधानमन्त्री प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी

    1.4K
    Shares
    प्रधानमन्त्री प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन् ।

    कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद् भन्दै बिरोध गरेका थिए ।

    त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । दुवै जना युजालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले गरिव मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्,नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन,७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए ।

    प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाह गर् भन्दै नारा लगाएका थिए । ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend