logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण उत्पीडत जातिहरुले पर्याप्त हक, अधिकार पाएनन् : मोदी

    संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण उत्पीडत जातिहरुले पर्याप्त हक, अधिकार पाएनन् : मोदी

    1.6K
    Shares
    संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण उत्पीडत जातिहरुले पर्याप्त हक, अधिकार पाएनन् : मोदी

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले पर्याप्त हक, अधिकार नपाएका बताएका छन् ।

    मंगलवार ५८ औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताए । उनले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताए । उनले मत अरुलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको टिप्पणी गरे ।

    उनले भने– ‘माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरु बोल्न पाए । आज समावेशिको नाममा माओवादीका मन्त्रीमण्डलमा २÷३ जना जनजाति छौँ । एक जना दलित छौँ । एउटा थारुको छोरा छौँ । वास्तवमा समाजको विभेद अन्त्य गर्नको निम्ति माओवादी आन्दोलन थियो । जतिखेर माओवादी आन्दोलनको एउटा सुत्रधार संविधानसभामा संविधान कोर्ने बेला थियो त्यतिबेला हामीले बुझ्न सकेनौँ । अहिले ठूल्ठूला कुरा गर्दैछौँ । तपाई हामी ठूल्ठूला कुरा गर्छौं । त्यतिखेर भोट दिने बेलामा, जतिबेला आफ्नो भाग्य र भविष्य निर्माण गर्ने बेलामा संविधानसभामा हाम्रो आफ्नो मत दिएर, आफ्नो अधिकारको निम्ति तपाईहरुले भोट हाल्ने बेलामा त्यतिखेर सम्झनु भएन । उखान छ, बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो आज त्यही हालत छ ।’

    मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातिय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend