logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सञ्चारमन्त्री शर्मा नेतृत्वकाे टाेली भारत प्रस्थान

    सञ्चारमन्त्री शर्मा नेतृत्वकाे टाेली भारत प्रस्थान

    1.4K
    Shares
    सञ्चारमन्त्री शर्मा नेतृत्वकाे टाेली भारत प्रस्थान

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा नेतृत्वकाे मन्त्रीस्तरीय टाेली मंगलबार मित्र राष्ट्र भारत प्रस्थान गरेकाे छ । मन्त्री शर्माकाे नेतृत्वमा पाँच सदस्यीय नेपाली टाेली बुधबार र बिहीबार नयाँदिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गरेकाे हाे ।

    मन्त्री शर्माका साथ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकममा प्रबन्धक विमल आचार्य भारत प्रस्थान गरेका छन् ।

    मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँदिल्लीमा स्थापना भएको आईटीयू एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ ।

    सो कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुनेछन् । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुनेछिन् ।

    बिहीबार मन्त्री शर्माले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend