logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड

    नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड

    1.6K
    Shares
    नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड

    बैतडी । चैते नवरात्र सुरु भएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

    चैते दसैँसम्म यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको सुरुआतसँगै दर्शनार्थीको भीड लागेको हो । यो नवरात्रमा बसाइ सरेर तराई गएका पूजाआजाका लागि आउने गरेका पण्डित जयानन्द भट्टले बताए । उनले भने, ‘नवरात्र सुरु भएसँगै पूजाआजा गर्न आएका दर्शनार्थीको भीड बढ्दै गएको छ । यो क्रम चैते दसैँसम्म रहन्छ ।’

    चैते नवरात्रमा यहाँका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङाशैनी, पोटलाशैनीलगायत भगवतीका मन्दिरमा पूजाआजा सुरु भएको छ । निङ्गलाशैनी र मेलौली मन्दिरमा चैते दसैँको दिन बलिसहित जात्रा हुने गरेको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । दोगडाकेदार, सिगास, महारुद्र, शिवनाथ, वासुलिङ्ग, उदयदेव, जगन्नाथ, भूमिराजलगायतका मन्दिरमा पनि चैते नवरात्रमा पूजाआजासहित जात्रा हुने गरेको छ ।

    यसैबीच यहाँको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्राङ्गणमा हिङ्लो ठड्याइएको छ । चैते दसैँको घटस्थापनाको अवसर पारेर ‘हिङ्लो’ ठड्याइएको हो ।

    हिङ्लो निर्माण समितिका संयोजक प्रकाश बोहराका अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङ्लो राखिएको छ । निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङ्लो निर्माण गरिएको हो ।

    पिङ अर्थात ‘हिङ्लो’ मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend