logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • अमेरिकी हवाई हमलामा इरान समर्थक ८ जनाको मृत्यु

    अमेरिकी हवाई हमलामा इरान समर्थक ८ जनाको मृत्यु

    1.9K
    Shares
    अमेरिकी हवाई हमलामा इरान समर्थक ८ जनाको मृत्यु

    एजेन्सी । उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् ।

    गठबन्धन सेनाको शिविरमा भएको ड्रोन आक्रमणमा परी एक जना अमेरिकी ठेकेदार मारिएका थिए भने अमेरिकी सेनाका पाँच जना सदस्य घाइते भएका थिए । उक्त आक्रमणमा अर्का एक जना अमेरिकी ठेकेदार पनि घाइते भएका थिए ।

    युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले पूर्वी सिरियाको देइर एजोर शहरका रहेको हतियार भण्डार केन्द्रलाई लक्ष्य गरेर भएको हवाई हमलामा इरान समर्थक छ जना लडाकु तथा मायादिनको मरुभूमि र अल–बुकमाल नजिक भएको अर्को हमलामा दुई जना मारिएका बताएका छन् ।

    यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend