logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    2.4K
    Shares
    प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुबै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्नेछ भने राष्ट्रियसभाको बैठक पनि १ बजे बोलाइएको छ । राष्ट्रियसभाको १३औँ अधिवेशन बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

    राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीले नै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

    त्यस्तै, राष्ट्रियसभामा डा. बेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आ आफ्नो धारणा राख्नेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend