काठमाडौं । काठमाडौंस्थित बिभिन्न बार,क्लव,क्याफे,दोहोरी साँझमा काम गर्ने युवतीहरूलाई भारतको दिल्ली स्थित काम लगाइदिने प्रलोभनमा पारी जबर्जस्ती बेश्याबृत्तीमा लगाउन खोजिएका युवतीहरुको प्रहरीले सकुशल उद्धार गरेको छ ।
मानव बेचबिखन अनुसन्धान व्युरो बबरमहलले बन्धक बनाई जबर्जस्ती बेश्यावृत्तीमा लगाउन खोजिएका नौ जना युवतीको विभिन्न संघ संस्थाको सहयोगमा शकुसल उद्धार गरेको हो ।
विभिन्न होटेल,रेष्टुरेण्ट, फेन्सी पसलमा आकर्षक काम पाईने र कमाई समेत राम्रो हुने भनी प्रलोभनमा पारि भारतको दिल्ली पु¥याएर बन्धक बनाई जबर्जस्ती बेश्याबृत्तीमा लगाईएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको अनुसन्धान व्युरोको समन्वयमा भारत स्थित नेपाली दुतावास,भारतीय सामाजीक संस्था, नेपाल स्थित शक्ति समुह एवं भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई शकुसल उद्धार गरिनुका साथै नेपाल ल्याएर सामाजिक संस्थाको संरक्षणमा राखिएको प्रहरीले एक विज्ञप्तीमार्फत आज जानकारी दिएको छ ।
त्यसरी ती नेपाली युवतीहरुलाई ललाईफकाइ गरी भारत पुगाएर जबर्जस्ती बन्धक बनाई बेश्याबृत्तीमा लगाउने कार्यमा संलग्न मध्ये ३ जना अभियुक्तहरुलाई पक्राउ गरिएको छ ।
युवतीलाई भारत पुर्याइ बन्धक बनाई जबर्जस्ती बेश्यावृत्तीमा लगाउन खोजेको आरोपमा पक्राउ परेका अभियुक्तमा धादिङ धुनबेशी न.पा.वडा–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रमती २० वर्षीया शुष्मा मगा्रती र मकवानपुर भिमफेदी गापा–९ का २० वर्षीया सम्झना तामाङ रहेका छन् ।
पक्राउ परेका अभियुक्तमाथि अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भईरहेको अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।