काठमाडौं । सरकार विस्तार र उपुचनावका लागि उम्मेदवार तय गर्न बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।
मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक २ दिनका लागि सारिएको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
मंगलबार बिहान कांग्रेसले सरकार विस्तारका विषयमा छलफल गरेपछि दिउसो ४ बजे सत्ता गठबन्धनको बैठक बस्ने तय भएको थियो । तर सत्तारुढ दलको बैठक नै दुई दिन पछाडिलाई सारिएको हो ।