logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संक्रमणकालीन न्यायलाई छिटो टुंगो लगाउन विज्ञहरुको सरकार र सांसदलाई सुझाव

    संक्रमणकालीन न्यायलाई छिटो टुंगो लगाउन विज्ञहरुको सरकार र सांसदलाई सुझाव

    868
    Shares
    संक्रमणकालीन न्यायलाई छिटो टुंगो लगाउन विज्ञहरुको सरकार र सांसदलाई सुझाव

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धि विधेयकबारे काँग्रेस सांसद र विज्ञहरुबीच भएको अन्तरक्रियामा विज्ञहरुले शान्ति प्रक्रियाका बाँकि कामहरुलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।

    मंगलबार नेपाली काँग्रेस संसदीय दलले पार्टीका सांसदहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सशष्त्र द्वन्द्व पीडितले न्याय तथा परिपूरण पाउने र समाजमा मेलमिलाप हुनेगरी शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पु¥याउन सरकार र संसदलाई सुझाव दिएका हुन ।

    संक्रमणकालीन न्यायसम्बन्धि विधेयकका बारेमा गरिएको अन्तरक्रियामा विज्ञहरुले यसलाई चाँडो भन्दा चाँडो निष्कर्षमा पुर्‍याउन सुझाव दिनु भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सरकारले संक्रमणकालीन न्यायसम्बन्धि ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभा पेश गरेको छ । सोही विधेयकको बारेमा विज्ञहरुले सांसदहरुलाई ब्रिफिङ गर्नु भएको र सांसदहरुले पनि सो सम्बन्धि जिज्ञासा राखेको पनि प्रमुख सचेतक लेखकले बताए ।

    उनले भने, ‘आज हामीले संसदको प्रतिनिधिसभामा प्रस्तुत भएको संक्रमणकालीन न्यायसम्बन्धि विधेयक वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयकमा छलफल गर्‍यौं । ५ जना यो क्षेत्रका जानकार विज्ञ, अत्यन्तै प्रबुद्ध व्यक्तिहरुले अहिलेको विधेयकका बारेमा धारणा राख्नु भयो । त्यसमा माननीयजीहरुले पनि आफ्ना धारणा, जिज्ञासाहरु राख्नु भयो । र, अहिले जुन संक्रमणकालीन न्यायको विषय छ । त्यसलाई चाँडो भन्दा चाँडो टुंगोमा पुर्‍याउनु पर्छ । अव पीडितहरुले पनि न्याय प्राप्त गर्ने, परिपुरण प्राप्त गर्ने र समाजमा मेलमिलाप पनि हुने स्थिति निर्माण गरेर अगाडि बढनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । र, छलफल त्यतैतिर केन्द्रित भएको छ । यो विधेयकलाई चाँडो भन्दा चाँडो कानुन बनाएर अव सशष्त्र द्वन्द्वका बेलाका जति पनि घटनाहरु भएका थिए । तिनलाई उचित ढंगले तार्किक निष्कर्षमा पुर्‍याउनु पर्छ भन्ने छलफलको विषय रह्यो । यो विधेयकको अर्थ के हो ? यो कानुन किन चाहिएको हो ? यसको सबै पक्षमा विज्ञहरुले कुरा राख्नु भएको छ । माननीयजीहरुसँग बहुत राम्रो अन्तरक्रिया भएको छ ।’

    अन्तरक्रियामा ५ जना विज्ञहरुले सो संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको आवश्यक्ता र औचित्यका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend