काठमाडौं । विदेशमा रहेका नेपालीहरुले आजदेखि स्वास्थ्य परामर्श सेवा पाउने छन् । वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि टेलिफोनमार्फत स्वास्थ्य परामर्श सेवा दिन लागिएको हो ।
स्वास्थ्य समस्या पहिचान गरी समाधान उपायबारे जानकारी दिने उद्देश्यले यो सेवा सुरू गर्न लागिाएको र चिकित्सकहरूले नै स्वास्थ्य परामर्श सेवा दिने वोर्डले जनाएको छ ।
बोर्डका अनुसार आज बिहान १० बजेदेखि टेलिमेडिसिन सेवा सुरू हुने छ । वैदेशिक रोजगारमा रहेका नेपालीलाई निःशुल्क ‘टेलिमेडिसिन’ सेवा उपलब्ध गराइने लागिएको हो ।
श्रम स्वीकृति लिएर विदेश गएका नेपालीले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गरेर परामर्श लिन सक्ने छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नसर्ने रोगहरुको प्रकोप धेरै देखिएको छ। मुटु, मिर्गौला, बल्डप्रेसरलगायत समस्या देखिएका छन्।