काठमाडौं । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठक बसिरहेको छ । बुधवार बिहान बसेको बैठकमा मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि पुनः दोस्रो चरणको बैठक सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा दश दलको बैठक बसिरहेको छ ।
सत्ताघटक दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ ।