logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • राष्ट्रिय सभा बैठकको शुन्य समय : कसले के भने ?

    राष्ट्रिय सभा बैठकको शुन्य समय : कसले के भने ?

    1K
    Shares
    राष्ट्रिय सभा बैठकको शुन्य समय : कसले के भने ?

    काठमाडाै‌ । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटरब्याज पीडितहरुको समस्या तत्का समाधान गर्न सरकारलाई अनुरोध गरेका छन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याज पीडितहरुसँग वार्ता गरी समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।

    उनले सामन्तवादको अवशेषको रुपमा रहेको शोषणको नयाँ रुप मिटरब्याजको रुपमा आएको बताए । उनले भने – ‘सामन्तवादको अवशेषको रुपमा रहेको शोषण, सुदखोरको नयाँ रुप मिटरब्याजको रुपमा आएको नयाँ समस्यालाई हल गर्न ऐन, कानून बनाउने सरकारको निर्णय स्वागतयोग्य छ । तर तत्काल समस्या समाधान गर्नको लागि सरकारले पीडितहरुसँग वार्ता, सम्वाद गरी तत्काल समस्या समाधान गर्न हार्दिक अनुरोध गर्न चाहन्छु ।’

    राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले सुदुरपश्चिममा कार्तिक २२ गतेदेखि निरन्तर भूकम्प गइरहेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षा र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम भुकम्पको उच्च जोखिमममा रहेको भन्दै यसबाट बच्च अहिलेदेखि नै वैकल्पिक उपाय अपनाउनुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए ।

    उनले भने– ‘यही कार्तिक २२ गतेदेखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको छ । कयौँको ज्यान जानुको साथै घरहरु चर्किएर, भत्किएर बस्न लायक अवस्थामा छैनन् । त्यहाँका नागरिकहरु डर र त्रासमा बाँचिरहेका छन् । त्यहाँका नागरिकहरुको सुरक्षा र राहतहरु प्रदान गर्नेतिर सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै भुकम्पको उच्च जोखिममा रहेको सुदूरपश्चिममा अहिलेदेखि नै वैकल्पिक उपाय अपनाउन समेत सरकारले ध्यान दिनुपर्ने तर्फ जोड दिन चाहन्छु ।’

    राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले २०७२ सालको भूकम्पमा भत्किएको नेपाल राष्ट्रिय पुस्तकालयलाई भक्तपुरको पुरानो ठिमीमा लगेर व्यवस्थापन गर्ने प्रयास गरिएको भएपनि उचित व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

    उनले भनिन् – ‘नेपालको एकमात्र गौरवको रुपमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय २०७२ सालको भूकम्पले भत्कियो । भत्किएको संरचना केही अस्थायी प्रयासहरु अहिले भक्तपुरको पुरानो ठिमीमा ल्याएर गरिएको छ । कितावहरु छुन लायकका छैनन् । सामग्रीहरुमा किरा लागेको छ । ढुडी परेको छ । शिक्षा मन्त्रालय कहाँ छ ? यो सरकारलाई म खोजी गर्न चाहन्छु । १ लाख ५० हजारभन्दा बढी संख्यामा रहेका हाम्रा सामग्रीहरु कुहिएर नष्ट हुने अवस्थामा हुँदा सरकारलाई त्यो प्रति चासो छैन र भूकम्प गएको यति वर्ष भइसकेको छ । विश्वका १०० राष्ट्र डिजिटाइजेशनमा गइसकेका छन् भने नेपालमा धुलो टक्टक्याउने अवस्थामा पनि पुस्तकालय नरहेको हुनाले यसतर्फ सरकारको गम्भिर ध्यान जान आवश्यक छ ।’

    उनले प्रविधिमैत्री पुस्तकालय बनाउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend